होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा « Khabarhub

होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ होर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठाउने विषयमा जापानले अझै निर्णय गरी नसकेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार देखि तेल र ग्यासका लागि महत्वपूर्ण ढुवानी मार्ग मानिने हर्मुज ‘पूर्ण रूपमा खुला’ हुने जनाउदै जलमार्गबाट आवागमन सुनिश्चित गर्न अझै खोजी भइरहेको बताएका छन् । 

ट्रम्पले जापान लगायत विश्वव्यापी सहयोगीहरूलाई स्टेट अफ हर्मुज खोल्न मद्दत गर्न यस क्षेत्रमा युद्धपोत पठाउन दबाब दिएका छन् । 

यस विषयमा हाल सम्म कुनै निर्णय नगरिएको जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले मङ्गलबार बताए । 

कोइजुमीले सहयोगी अमेरिकासहित सम्बन्धित देशहरूसँग नजिकबाट परामर्श गरी परिस्थितिको सावधानीपूर्वक मूल्याङ्कन र अन्तर्राष्ट्रिय कानूनको आवश्यक उपायहरू बारे विचार गर्न चाहेको बताए ।

 गत अप्रिलमा, सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ सदस्यहरूले युद्ध रोकिएपछि जापानले स्ट्रेट अफ होर्मुजमा अवरोधहरू हटाउन आवश्यक तैनाथी गर्ने विचार गर्नु पर्ने बताएको जनाइएको छ  । 

हाल फ्रान्समा जी सेवेन शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री साने ताकाइचीले युद्धविराम सम्झौता पछि जापानसँग विभिन्न विकल्पहरू रहने बताउनु भएको छ ।

यसअघि सन् १९९१ मा भएको खाडी युद्धमा युद्धविराम पछि जापानी सेना माइन–क्लियरेन्स अपरेसनमा संलग्न भएको थियो । 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  २ : ५१ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी