नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु « Khabarhub

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका यहाँका नौ जना स्थानीयले जग्गा खाली गर्न सुरु गरेका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसोबास गर्दै आएकाबीच यसअघि भएको  छलफलपछि उनीहरू आफैँले जग्गा खाली गर्न थालेका हुन् । कार्यालयले १२ जेठमा १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका नाममा स्रेस्ता दर्ता कायम भएको कित्ता नं २६८३  को १८६२.४६ वर्गमिटर जग्गामध्ये उत्तरतर्फको दुई कट्ठा जग्गा र सो जग्गामा निर्माण भएका  नौ वटा घर खाली गरिएको छ । स्थानीयका सरसामान इलाका प्रहरी कार्यालयले तोकिएकै स्थानमा सुरक्षित साथ पुर्‍याउन थालेको छ ।  

उक्त स्थानका दुई सुकुम्वासीको बासस्थानको जिम्मा तुल्सीपुर नगरपालिकाले लिएपछि धमाधम संरचना भत्काउन सुरु गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए । 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ५ : ०५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली