भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा « Khabarhub

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शान्ति पदयात्राका क्रममा नेपाल आएका भियतनामी भिक्षुको समूहले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती चैत्य एवं बिहारलगायत सम्पदाको अवलोकन गरेको छ ।

पदयात्रामार्फत् विश्वभरि शान्तिको सन्देश प्रसारण गरेपछि भिक्षु रत्नगुणाको समूह सोमबार बुद्धको जन्मभूमि नेपाल आएको हो । उनी भियतनामी थेराबाद बौद्ध सङ्घका संस्थापक एवं प्रथम सङ्घराज भन्ते वमसरखिता महाथेरोझका एकमात्र जीवित शिष्य हुनुका साथै भिक्षु पन्नाकाराका गुरु पनि हुन् । 

उनकै निर्देशनमा २४ जना भिक्षुले १०८ दिनसम्म अमेरिकाका विभिन्न राज्यमा गरी तीन हजार ७०० किलोमिटर शान्ति पदयात्रा गरेका थिए । यसको नेतृत्व भिक्षु पन्नाकारले गरेका थिए । 

शान्ति अभियानअन्तर्गत नेपाल आएको यो टोलीमा भिक्षु पन्नाकारा, उनका गुरुलगायत छन् । यसका साथै पदयात्रा अमेरिकाको तीन हजार ७०० किमी पदयात्रा पुरा गरेको चर्चित अलोका नामको कुकुर पनि सँगै छ । उनीहरू थाइल्याण्डबाट दिल्ली हुँदै नेपाल आएका हुन् । 

यो यात्राको उद्देश्य विश्व शान्ति, करुणा, अहिंसा र सजगताको सन्देशलाई व्यावहारिक रूपमा सबैका माझ पुर्‍याउनु हो । प्राविधिक पृष्ठभूमिबाट आएका यी भिक्षुले बौद्ध शिक्षालाई आधुनिक तथा सरल तरिकाले प्रस्तुत गर्ने गरेको जनाइएको छ ।

पदयात्राका क्रममा विभिन्न समुदायसँग संवाद गर्ने, ध्यान गराउने र ‘शान्ति बाहिर होइन, आफूभित्रबाट सुरु हुन्छ’ भन्ने सन्देश बाँड्ने कार्यक्रम रहेको छ । भारत, श्रीलङ्का र नेपालजस्ता देशमा पनि भ्रमणमार्फत उनीहरूले बौद्ध धर्मलाई मानवता र सहअस्तित्वको लागि प्रेरणा बनाउने गरेका छन् । 

शान्ति भीडबाट प्राप्त हुँदैन भनेर बुद्धले आफैँभित्र खोजेजस्तै भिक्षुले शान्ति प्राप्तिको लागि कुनै महायज्ञ र अनुष्ठान नगरी अशान्त हुनाका कारण खोजेको जनाइएको छ । सिद्धार्थ गौतम बुद्ध भइसकेपछि पनि कुनै विजय यात्रा गरेनन् । बरु ज्ञान बाँड्नतिर लागे जस्तै यी भिक्षु पनि बुद्धको त्यही बाटो हिँड्दै यहाँ आइपुगेका हुन् ।

दुःखको निवारण र शान्तिको लागि विना भेदभावको बाटो बुद्ध हिँडेको बाटो हो र यो बाटोको प्रारम्भ बिन्दु नेपाल हो भन्ने मान्यताका आधारमा उनीहरू नेपाल आएका हुन् । 

यसैगरी आजै उनीहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शान्ति पदयात्रामा सहभागी भई आएका अलोका र भिक्षुको टोलीलाई काठमाडौँमा स्वागत गरेको मन्त्रालयको सामाजिक सञ्जालमा उल्लेख छ । 

घाम, पानी, हिउँ र अनेकौँ कठिनाइबीच पनि भिक्षुको साथ नछोड्ने अलोकाले करुणा, मैत्री, निष्ठा र सहअस्तित्वको अनुपम उदाहरण प्रस्तुत गरेको छ । अमेरिकामा भिक्षुसँगै १०८ दिनसम्म तीन हजार ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्दै शान्ति पदयात्रा अभियानमार्फत लाखौँ मानिसको मन जितेको ‘अलोका’ नामक कुकुर र भियतनामी भिक्षुको टोली सोमबार नेपाल आइपुगेको हो ।  

बुद्धको शिक्षाले भन्छ, ‘शान्ति बाहिरबाट आउँदैन, शान्ति हाम्रो मनबाट सुरु हुन्छ’ । यस पदयात्राले त्यही सन्देशलाई अझ गहिरोसँग स्मरण गरायो, मानिस मात्र होइन, सबै प्राणीमा मैत्री र करुणा विस्तार गर्न सके मात्र साँचो शान्ति सम्भव छ । रासस
 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ५ : ११ बजे

‘खुट्टा भाँच्ने भनाइको जवाफ दिनुपर्छ भनेर मन्त्रीज्यू बैठकमा नआउनुभएको हो ?’

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय