मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो « Khabarhub

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारी तथ्यांकअनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो ।

मलेसियाको तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक पर्यटकको खर्च पनि १३ दशमलव छ प्रतिशतले बढेर १२१ दशमलव तीन अर्ब रिङ्गिट पुगेको छ ।

पर्यटक तथा एकदिने भ्रमणकर्ताको खर्चमा भएको वृद्धिले समग्र खर्च बढाउन सहयोग गरेको विभागले जनाएको छ । पर्यटकको खर्च १४ दशमलव छ प्रतिशत तथा एकदिने भ्रमणकर्ताको खर्च १२ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

कुल आन्तरिक पर्यटक खर्चमध्ये पर्यटकको योगदान ५९ दशमलव पाँच प्रतिशत रहेको छ, जुन सबैभन्दा ठूलो हिस्सा हो ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ६ : ४७ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्