चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ « Khabarhub

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ । प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको हो । चितवनको नारायणगढबाट सोमबार साँझ १६ वर्षीय बालकको अपहरण गरिएको थियो ।

पाँच÷६ जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए । उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौंमा ल्याएका थिए । काठमाडौंका एक होटेलमा बन्धक बनाएर उनका परिवारजनसँग पैसा मागेको प्रहरीले जनाएको छ ।

‘बालकलाई अपहरण गरेर उनका परिवारसँग पैसा मागेको सूचना हामीकहाँ आएको थियो । त्यसपछि खोजतलास गर्दा बसपार्कको एक होटेलमा बालकको उद्धार गरेका हौँ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने ।

अपहरणमा संलग्न रहेको आरोपमा पाँच भारतीय पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा भारतको बिहारका सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद र अर्का गोलु कुमार छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ८ : ३९ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको