योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास « Khabarhub

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा मनाइँदैछ ।

यही सन्दर्भमा काठमाडौंस्थित भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालयस्थित आयुर्वेद क्याम्पससँगको सहकार्यमा विश्वविद्यालय परिसरमा योग अभ्यास आयोजना गरेको छ।

मंगलबार भएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. सुशीलबहादुर बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भए ।

कार्यक्रममा प्राध्यापक, विद्यार्थी तथा योगप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले स्वास्थ्य, सद्भाव र समग्र कल्याणको योगको शाश्वत सन्देशलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय योग दिवसको उत्सव मनाए ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ९ : ३६ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको