ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी « Khabarhub

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो । गाउँपालिका रोजगार शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकार ३१ लाख ७२ हजार र गाउँपालिकाबाट ३१ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ । यसबाहेक कामदारका लागि आवश्यक औजार उपकरण, सुरक्षा सामग्री खरिद तथा ढुवानी व्यवस्थापन गर्न गाउँपालिकाले थप १८ लाख लगानी गरेको छ ।

कार्यक्रममार्फत गाउँपालिकाका सबै ६ वडामा गरी ८५ जना स्थानीय नागरिकलाई १०० दिनसम्म रोजगारी प्रदान गरिएको छ । विशेषगरी रोजगारीको अभाव झेलिरहेका विपन्न तथा श्रमिक वर्गलाई लक्षित गरी काम दिइएको संयोजक खड्काले जानकारी दिए ।

‘स्थानीयलाई आफ्नै ठाउँमा काम गर्ने अवसर सिर्जना गर्दै विकास निर्माणलाई गति दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो’, उनले भने, । यसरी काम गर्नेलाई दैनिक ७५४ रुपैयाँ प्रदान गरिने गरेको गाउँपालिकाले जनाएको छ ।

हालसम्म २५ किलोमिटर नाली निर्माण, पाँच किलोमिटर सडक सोलिङ, २० किलोमिटर क्षेत्रमा झाडी फाँड्ने तथा सरसफाइ गर्ने काम सम्पन्न भएको छ । यसैगरी १०० मिटर सिँढीसहितको पैदलमार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवतजावतमा सहजता पुगेको छ ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पु¥याउनुका साथै श्रममा आधारित विकासको अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुगेको बताए । यो कार्यक्रमले गाउँमै रोजगारको अवसर सिर्जना गर्ने वातावरण बनाएको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सडक पूर्वाधारलाई वर्षौंभरि सञ्चालनयोग्य बनाउने लक्ष्यसहित स्तरोन्नतिमा जोड दिइएको स्पष्ट पारे । ‘पहिले वर्षायाममा अवरुद्ध हुने सडक अहिले क्रमशः सुधार हुँदै गएका छन्’, उनले भने, ‘स्थानीय श्रम प्रयोग गरेर निर्माण गरिँदा लागत पनि कम भएको छ । स्थानीयमा स्वामित्व भावना पनि बढेको छ ।’

गाउँपालिका अध्यक्ष किरण राईले जनसहभागितामूलक विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रममार्फत स्थानीयलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने नीति लिइएको बताए । ‘हामी विकासलाई रोजगारीसँग जोडेर अघि बढिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘यसले दिगो विकासका लागि आधार तयार गरिरहेको छ ।’

स्थानीयवासी ध्रुव राईले स्थानीयलाई आफ्नै ठाउँमा रोजगार बनेर केही आयआर्जन गर्ने अवसर मिलेको उनले बताए । सडक स्तरोन्नतिसँगै दैनिक आवतजावत, कृषिउपज ढुवानी र सेवा प्रवाहमा सहजता भएको उनको भनाइ छ ।

गाउँपालिकाले आगामी दिनमासमेत यस्ता श्रममुखी तथा जनसहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिँदै ग्रामीण पूर्वाधारलाई थप सुदृढ बनाउने योजना बनाएको जनाएको छ । सडक सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाइएको गाउँपालिकाको भनाइ छ । (रासस)

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १० : ४२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,