बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता « Khabarhub

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीको नियुक्तिका विषयमा छलफल गर्न शीर्ष ३ नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगसहितका संवैधानिक आयोगमा रिक्त पदाधिकारीको चयनका सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको थियो । तर, कार्यसूचीमा नै प्रवेश नगरी बैठक स्थगित भएपछि शीर्ष ३ नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा ३ नेताबीच संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ती, सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी चयन लगायतका विषयमा कुराकानी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना