बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता « Khabarhub

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीको नियुक्तिका विषयमा छलफल गर्न शीर्ष ३ नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगसहितका संवैधानिक आयोगमा रिक्त पदाधिकारीको चयनका सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको थियो । तर, कार्यसूचीमा नै प्रवेश नगरी बैठक स्थगित भएपछि शीर्ष ३ नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा ३ नेताबीच संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ती, सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी चयन लगायतका विषयमा कुराकानी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : ०८ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला