रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ « Khabarhub

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरिरहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार केही दिनदेखि चिनियाँ नागरिकहरूको समूहले विभिन्न एप्स तथा वेबसाइटमार्फत नेपालमा निषेधित क्रिप्टोकरेन्सी कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब १ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले बाइनान्स, ओकेएक्स, इनटोकन, पेटिएम, भीम, मोबिक्विक र फोनपे लगायतका एप्स तथा वेबसाइट प्रयोग गरी अभौतिक मुद्रा कारोबार गरिरहेका थिए।

पक्राउ पर्नेमा ४९ वर्षीय सियोङ गुओफु, ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ चिउचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानुनी घोषणा गरेको छ। पक्राउ परेका चिनियाँ नागरिकहरूमाथि अभौतिक मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ९ : ३५ बजे

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि