केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान « Khabarhub

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ ललितपुरस्थित द प्लाजामा सम्पन्न भएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजश्वी शेरचनको प्रमुख आतिथ्यमा आयोजित समारोहमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

यस वर्ष ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट सुदूरपश्चिम विश्वविद्यालयका प्रथम संस्थापक उपकुलपति प्रा.डा. जयराज अवस्थी र प्रसादी एकेडेमीका प्रमुख विक्रम राई सम्मानित भए।

यस्तै, ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८३’ बाट प्रा.डा. भोला थापा, डा. ऋषि तिवारी र राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल सम्मानित भए।

अवार्डअन्तर्गत काठमाडौं मोडल सेकेन्डरी स्कुल (केएमसी), ट्रिनिटी इन्टरनेसनल सेकेन्डरी स्कुल तथा विश्व निकेतन सेकेन्डरी स्कुललाई सर्वोत्कृष्ट विद्यालयको अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा ‘शिक्षामा निजी क्षेत्रको लगानी’ र ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ ?’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो।

यसका साथै उत्कृष्ट सामुदायिक विद्यालय र शैक्षिक परामर्श संस्थाहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १ : ३८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,