विप्लव समूहका नेताले दिए उपनिर्वाचनमा उम्मेदवारी « Khabarhub

विप्लव समूहका नेताले दिए उपनिर्वाचनमा उम्मेदवारी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोल्पाको थवाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका एक नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

थवाङ गाउँपालिका– १ मा‘विप्लव’ नेतृत्वका पार्टीका भद्रकुमार झाँक्रीले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका हुन् ।

थवाङ वडा नम्बर १ मा रिक्त अध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । अध्यक्षमा उम्मेदवारी दिन वडा नम्बर १ का निर्वाचित सदस्यसमेत रहेका झाँक्रीले मंगलबार गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती मगरलाई राजीनामा दिएका थिए ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष फर्कबहादुर बुढासहित सबै प्यानल स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

वडाध्यक्षका लागि बुधबार नेकपाको तर्फबट जनकबहादुर बुढा, नेपाली कांग्रेसका कमल रोका र विप्लवको तर्फबाट भद्रबहादुर झाँक्रीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ३ : ४३ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री