फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश « Khabarhub

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

अष्ट्रेलिया २–० गोलले पराजित


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ ।

शनिबार बिहान सम्पन्न समूह डी को खेलमा अष्ट्रेलियालाई २–० गोलले हराउँदै अमेरिका अन्तिम ३२ मा प्रवेश गरेको हो ।

योसँगै अमेरिकाले सन् १९३० पछि पहिलो पटक विश्वकपमा लगातार दुई खेल जित्दै कीर्तिमान बनाएको छ ।

अमेरिकाका लागि एलेक्स फ्रिम्यानले एक गोल गरेका थिए । एक गोल भने अष्ट्रेलियाबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । खेलको ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि ४३औँ मिनेटमा अमेरिकाका फ्रिम्यानले गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिलाए ।

यसअघि भएको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलले हराएको थियो । अमेरिकाले लगातार दुई खेल जित्दै ६ अंक जोडेको छ । पराजित भएको अष्ट्रेलियाको समान खेलबाट ३ अंक छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ०६ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।