दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश « Khabarhub

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ ३२) मा प्रवेश गरेको छ ।

शुक्रबार राति घरेलु मैदान ग्वाडालाजारामा भएको समूह ए को खेलमा दक्षिण कोरियालाई १–० गोलले हराउँदै मेक्सिको नकआउट चरणमा पुगेको हो ।

मेक्सिकोका लुइस रोमोले गोल गरेका थिए । उनले खेलको ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोका लागि महत्वपूर्ण बनेको थियो ।

यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको मेक्सिको नकआउट चरणमा पुगेको छ भने पराजित भएको दक्षिण कोरियाको ३ अंक छ ।

यसअघिको आफ्नो पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराएका थिए ।

सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

नकआउट चरणमा ३२ टोली पुग्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट ८ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ४३ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।