फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित « Khabarhub

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित दर्ता गरेकाे छ ।

फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको समूह ‘सी’ काे खेलमा हाइटीलाई ३–० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो ।

ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका थिए । कुन्हाले खेलको २३औं र ३६ औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै, भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो । उनले मोरक्कोसँगको पहिलो खेलमा एक गोल गरेका थिए ।

यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंकका साथ समूहको शीर्षस्थानमा उक्लिएको छ । योसँगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ ।

लगातरको दोस्रो हारमा अंकको खाता खोल्न नसकेको हैटी बाहिरिएको छ । हैटी जारी विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ । 

यसअघि आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ८ : १६ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।