सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल « Khabarhub

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमीकमजोरीबिरुद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय गरेको छ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको कार्यसम्पादनबारे छलफल गर्दै जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय मुद्दा तथा जनजिविकासँग सम्बन्धित विषयलाई सशक्त रूपमा संसद्मा उठाउन संसदीय दल र पार्टीबीच समन्वय गर्ने विषयमा छलफल भएको जानकारी दिए।

उनले प्रमुख प्रतिपक्षी दलले निरन्तर रूपमा आफ्ना विषय सदनमा उठाइरहे पनि सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै सरकारमाथि निरन्तर खबरदारी जारी राखिने बताए।

महामन्त्री पौडेलले विभिन्न मन्त्रालयले गरेका कामको अध्ययन गर्न पार्टीका नेताहरूलाई जिम्मेवारीसमेत तोकिएको जानकारी दिँदै सरकारले कार्यकालको सय दिनमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : ०१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर