अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन « Khabarhub

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले पोखरा र लुम्बिनीमा विशेष योग प्रदर्शन कार्यक्रम आयोजना गरेको छ।

भारतीय राजदूतावासले शनिबार पोखराको फेवाताल किनारमा योग प्रदर्शन कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा स्थानीय समुदाय, विभिन्न योग संस्थाका प्रतिनिधि, भारतीय सेनाका भूपू सैनिक तथा पोखरास्थित भारतीय दूतावासको पेन्सन पेइङ अफिस (पीपीओ) का अधिकारी तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता थियो।

यस्तै, भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर तथा इटरनल पिस फ्लेम नजिक योग प्रदर्शन कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। अन्तर्राष्ट्रिय योग दिवसको वार्षिक उत्सवअन्तर्गत आयोजित कार्यक्रममा ६ सयभन्दा बढी योगप्रेमीहरूको सहभागिता रहेको थियो।

भारतीय राजदूतावासका अनुसार यी कार्यक्रमहरू योगका माध्यमबाट स्वास्थ्य, सद्भाव र समग्र कल्याणका सन्देशलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘स्वस्थ बुढ्यौलीका लागि योग’ रहेको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ८ : ०४ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर