विश्वकपमा जापानको गोल वर्षा : ट्युनिसिया समूह चरणबाटै बाहिरियो « Khabarhub

विश्वकपमा जापानको गोल वर्षा : ट्युनिसिया समूह चरणबाटै बाहिरियो


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकालेको छ । खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा, आयुसे उएडा र जे आइटोले गोल गरे ।

खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उएडाले उत्कृष्ट ‘लो स्ट्राइक’ मार्फत ३१ र ८३ मिनेटमा गोल गरेका हुन् । जापानका लागि ६९ मिनेटमा जे आइटोले गोल गरेका हुन् ।

पहिलो हाफमा दुई गोल गरेको जापानले दोस्रो हाफमा थप दुई गोल गरेको हो । आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापान आजको खेलमा विजयी भएसँगै अन्तिम ३२ नजिक पुगेको छ ।

लगातार दुई खेलमा पराजित भएको ट्युनिसिया समूह चरणबाटै बाहिरिएको छ । यसअघि पहिलो खेलमा ट्युनिसिया स्विडेनसँग पराजित भएको थियो ।

यो जितसँगै जापानले दुई खेलबाट चार अंक जोडेको छ । यो समूहमा समान खेल खेलेका नेदरल्यान्ड्स, जापान र स्वीडेनको समान चार चार अंक छ । गोल अन्तरका आधारमा नेदरल्यान्डस शीर्ष स्थानमा भने जापान र स्वीडेन दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ११ : ४२ बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा