रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता « Khabarhub

रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विपक्षी दलका छ जना नेताहरुले सहभागिता जानाएका छन् ।

उनीहरु आइतबार दिउँसोबाटै चितवनको भरतपुरमा सुरु भएको महाधिवेशनमा शुभकामना दिन पुगेका हुन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनमतका अध्यक्ष डा. सीके राउत, जनता समाजवादीका उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुन, एमालेका प्रदीप ज्ञवाली पुगेका हुन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि मञ्चमा देखिएका छन् । यस्तै, छोरी र श्रीमती सबिना काफ्लेसहित कार्यक्रमस्थलमा पुगेका प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका थापा लगायत विपक्षी दलका सबै नेताले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनको ४ महिना अघिमात्रै उदाएको रास्वपा उक्त निर्वाचनमा २० सिटसहित चौथो दल बनेको थियो । २१ फाल्गुनको निर्वाचनमा भने रास्वपा १८२ सिट प्राप्त गर्न सफल भयो ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : १३ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न