बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह « Khabarhub

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको कानुनी दायित्वसम्बन्धी सूचना जारी गर्दै स्वीकृत क्षमता तथा सञ्चालन अनुमतिभन्दा बाहिर गएर सेवा नदिन चिकित्सक र स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।

पछिल्लो समय केही स्वास्थ्य संस्थाहरूले जनस्वास्थ्य सेवा ऐन, २०७५ र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ विपरीत स्वीकृत बेड क्षमता तथा कार्यक्षेत्रभन्दा बाहिर सेवा सञ्चालन गरिरहेको र त्यस्ता संस्थामा कार्यरत चिकित्सकहरूले समेत वास्तविक अवस्था जानकारी नलिई सेवा प्रदान गरिरहेको जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २१ र २२ अनुसार इजाजतपत्र (सञ्चालन अनुमति) प्राप्त नगरी कुनै पनि स्वास्थ्य सेवा सञ्चालन गर्न नपाइने काउन्सिलद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । साथै ऐन विपरीत सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको इजाजतपत्र स्वतः खारेज हुन सक्ने कानुनी व्यवस्था रहेको पनि काउन्सिलले स्मरण गराएको छ।

काउन्सिलका अनुसार कानुन विपरीत सञ्चालन भइरहेका संस्थामा कार्यरत चिकित्सकहरू स्वयं पनि कानुनी जोखिम तथा नैतिक जवाफदेहितामा पर्न सक्नेछन् । सूचनामार्फत काउन्सिलले चिकित्सकहरूलाई कुनै पनि अस्पताल वा स्वास्थ्य संस्थामा आबद्ध हुनुअघि उक्त संस्थाको स्वीकृत बेड संख्या, सञ्चालन अनुमति पत्र तथा ऐनअनुसार स्वीकृत सेवाको विवरण अनिवार्य रूपमा बुझ्न आग्रह गरेको छ ।

त्यस्तै, नियुक्ति लिनुअघि संस्थाको अद्यावधिक नवीकरण प्रमाणपत्र र स्वीकृत सेवासम्बन्धी जानकारी लिन पनि चिकित्सकहरूलाई सुझाव दिएको छ । काउन्सिलले स्वास्थ्य संस्थाहरूलाई स्वीकृत क्षमता र कार्यक्षेत्रभन्दा बाहिर सेवा सञ्चालन नगर्न तथा कानुनी दायराभित्र रहेर सेवा प्रवाह गर्न सचेत गराएको छ ।

नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी सूचनामा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, मर्यादित र कानुनसम्मत बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ४९ बजे

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र