तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र « Khabarhub

तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले जनताको मन जित्दै अघि बढ्ने बताएका छन् ।

चितवनमा आइतबारदेखि सुरू रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने आवश्यकता छैन। असल नेता बन्न र सही राजनीतिक आस्था बोकेर अघि बढ्न कुनै निश्चित समूह होइन, जनताको मन जित्नुपर्छ। हाम्रो अभियानमा कुनै गुट वा समूहगत स्वार्थ छैन’, उनले भने।

उनले सरकारको यही कार्यकालभित्र सुकुम्बासी समस्या समाधान गर्ने बताए । ‘सहकारी पीडितहरूको समस्या पनि टुंग्याउनेछौँ। देशका लागि आवश्यक र राम्रो काम यही पार्टीले गर्नेछ। यो पार्टीका हरेक तहका सदस्य नेतृत्व गर्न सक्षम छन्’, उनले भने ।

अहिले रास्वपाका नेता कार्यकर्ताको दायित्व पार्टी बलियो बनाउनु रहेको उनले बताए ।

‘हाम्रो मुख्य दायित्व पार्टीलाई अझ बलियो, संगठित र एकताबद्ध बनाउनु हो’, उनले भने, ‘त्यसैले आज, भोलि र पर्सि पार्टी निर्माण र सुदृढीकरणमा केन्द्रित होऔँ, त्यसपछि देश निर्माणको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाऔँ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ५२ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न