बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ « Khabarhub

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको हस्तक्षेप प्रधानमन्त्री वालेन्द्र शाहले स्वीकारेका छन् ।

तीन दिनअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारका प्रमुख प्रेमकुमार राईसहितका पदाधिकारीलाई ९ घण्टासम्म थुनेर केरकार शैलीमा दबाब दिएको कुरामा आलोचना भइरहेको सन्दर्भमा बालेनले त्यसलाई स्वीकारेका हुन् ।

सरकारमाथि निगरानी राख्न र सन्तुलन कायम गर्न गठित संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेनका सहयोगीहरूले आफ्नो कार्यालयमा ९ घण्टासम्म थुनेर करकापमा गराएको खुलेको थियो ।

त्यही कुरालाई बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा आइतबारदेखि सुरू भएको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा स्वीकारेका हुन् ।

विगत बदमासीबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभएर ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने उनको जिकिर थियो ।

‘पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ । निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन, ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम बाहिर जाँदैनौं,’ बालेनले भने ।

उनले रास्वपा विकासवादी पार्टी भएको पनि जिकिर गरे । उनले आफू देशको हितविरोधी नभएकोले आफ्नो राष्ट्रभक्तिमाथि शंका नगर्न पनि भने ।

‘हाम्रो पार्टी विकासवादी हो । काम गर्ने पार्टी हो । अगाडि बढ्ने पार्टी हो । हामी प्रतिशोध साँध्ने पुराना कुरामा निहुँ खोज्दै बस्ने होइन,’ बालेनले भने, ‘निहुँ खोज्नै पर्ने अगाडि बढ्दै गर्दा खोजिन्छ, विगतमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्ति दोहन भएको भेटिए निहुँ खोज्नु पर्छ ।’

बालेनका सहयोगीले अख्तियारका अधिकारीलाई अपमानसँगै जर्मनीका नेपालस्थित राजदूतलाई पनि अपमान गरेको सार्वजनिक भएको थियो । त्यस्तै निर्वाचन आयोगका पदाधिकारी पनि बालेनका सहयोगीको अपमानको शिकार भएका थिए।

गत सोमबार जर्मनीका नेपालस्थित राजदूत उडो भोल्जलाई प्रधानमन्त्री कार्यालयमा बालेनका सहयोगी सुवास शर्मासहितले राहदानी छपाइको काम गरेको जर्मन कम्पनीबारे बुझ्ने क्रममा आपत्तिजनक व्यवहार गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : २९ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस