लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ « Khabarhub

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका चितवन राप्ती नगरपालिका-२ पिप्लेका ४६ वर्षीय प्रभुराम राईलाई आज काठमाडौँको शङ्खपार्कबाट पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका राईलाई आज पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका राईविरुद्ध लागुऔषध खैरो हिरोइनसम्बन्धी दुई वटा मुद्दा दर्ता भएका थिए।

विसं २०८१ मङ्सिर २५ गते दर्ता भएको उक्त मुद्दाको फैसला हुन बाँकी रहेको ब्युरोले जनाएको छ। पक्राउ परेका निजलाई आवश्यक प्रक्रिया पूरा गरी पुनःकेन्द्रीय कारागार सुन्धारा बुझाइएको प्रवक्ता रेग्मीले बताए।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ८ : ३२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,