फोटो लाइब्रेरीले खिचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ? « Khabarhub

फोटो लाइब्रेरीले खिचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

रास्वपा महाधिवेशनका भ्रामक तस्बिर हटाउन निर्देशन, अटेर गरे साइबर ब्युरो पठाइने


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका आधिकारिक तस्बिरहरूलाई सामाजिक सञ्जालमा तोडमरोड (म्यानुपुलेसन) गरी भ्रम फैलाइएको भन्दै नेपाल फोटो लाइब्रेरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। लाइब्रेरीले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्ना आधिकारिक तस्बिरहरूमा अनधिकृत रूपमा छेडखानी गर्नेहरूलाई तत्काल त्यस्ता सामग्री हटाउन चेतावनी दिएको हो।

यही असार ७ गते आइतबारदेखि चितवनमा सुरु भएको रास्वपाको महाधिवेशनका क्रममा नेपाल फोटो लाइब्रेरीका फोटो पत्रकारहरूले खिचेका तस्बिरलाई विभिन्न फेसबुक पेज तथा व्यक्तिगत प्रोफाइलले तोडमरोड गरी असान्दर्भिक र भ्रामक बनाएको लाइब्रेरीले उल्लेख गरेको छ। अझ, ती सम्पादित भ्रामक तस्बिरमा नेपाल फोटो लाइब्रेरीकै नाम ९क्रेडिट० समेत प्रयोग गरी पोस्ट गरिएको पाइएको विज्ञप्तिमा जनाइएको छ।

लाइब्रेरीले सामाजिक सञ्जालमा राखिएका त्यस्ता भ्रामक र अनधिकृत पोस्ट तत्काल हटाउन सम्बन्धित सबै पक्षलाई कडा निर्देशन दिएको छ। चेतावनीलाई अटेर गरी त्यस्ता पोस्ट निरन्तर राखिएमा वा पुनः प्रकाशन गरिएमा कानुनी प्रक्रिया अघि बढाउने लाइब्रेरीले स्पष्ट पारेको छ।

‘हाम्रा आधिकारिक तस्बिरहरूमा छेडखानी गरी भ्रम फैलाउने कार्य तत्काल नरोकिएमा सम्बन्धित व्यक्ति वा पेजविरुद्ध कानुनी कारबाही गरिनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा औपचारिक उजुरीका लागि प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्युरोलाई जानकारी गराइनेछ।’

लाइब्रेरीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई तस्बिरको संवेदनशीलता र प्रतिलिपि अधिकारको सम्मान गर्नसमेत आग्रह गरेको छ।

जनता टेलिभिजन नाम फेसबुक पेजले डा. तोसिमा कार्कीले कलम बोकेको फोटोलाई तोडमोड गर्दै राखेर छ । फोटो लाइब्रेरीले यो शैलीप्रति कडा आपत्ति जनाएको हो ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ०९ बजे

ओलीमाथि दबाब बढ्दै गर्दा एमालेका जनसंगठनको भेलामा पुगिन् विद्या

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्न दबाब बढिरहेका बेला

पोखरामा ८ हजारभन्दा बढीले एकसाथ मनाए अन्तर्राष्ट्रिय योग दिवस

पोखरा– नेपालस्थित भारतीय दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा

आर्थिक गणना : १३ लाखभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाख भन्दा बढी

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने

जोरायलले संरक्षण गर्दै बासमती धान

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायलले बासमती धानको संरक्षण गर्दै यसको