कांग्रेस नेता राजेन्द्र खरेलको निधन « Khabarhub

कांग्रेस नेता राजेन्द्र खरेलको निधन


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । ८० वर्षीय खरेलको गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । दमलगायत स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

२००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका राजेन्द्र नेपाली कांग्रेसका आदर्शवादी नेताका रुपमा परिचित थिए । खरेल २०२५–०२६ सालतिर तत्कालीन नेशनल कलेज (हालको शंकरदेव कलेज)मा नेपाल विद्यार्थी संघको इकाइ कमिटीका सचिव भएर राजनीतिमा क्रियाशील भएका थिए।

२०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२–०६३ को जनआन्दोलनमा उनले सक्रिय भूमिका निभाएका थिए । राजनीतिमा सक्रिय भएवापत उनले पटकपटक गरी झण्डै ९ वर्ष जेल जीवन बिताएका थिए ।

खरेल २०५६ सालमा संसद जितेपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए।

खरेलको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ३३ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस