कांग्रेस नेता राजेन्द्र खरेलको निधन « Khabarhub

कांग्रेस नेता राजेन्द्र खरेलको निधन


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । ८० वर्षीय खरेलको गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । दमलगायत स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

२००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका राजेन्द्र नेपाली कांग्रेसका आदर्शवादी नेताका रुपमा परिचित थिए । खरेल २०२५–०२६ सालतिर तत्कालीन नेशनल कलेज (हालको शंकरदेव कलेज)मा नेपाल विद्यार्थी संघको इकाइ कमिटीका सचिव भएर राजनीतिमा क्रियाशील भएका थिए।

२०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२–०६३ को जनआन्दोलनमा उनले सक्रिय भूमिका निभाएका थिए । राजनीतिमा सक्रिय भएवापत उनले पटकपटक गरी झण्डै ९ वर्ष जेल जीवन बिताएका थिए ।

खरेल २०५६ सालमा संसद जितेपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए।

खरेलको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ३३ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।