बाँझो जमिनको २० रोपनीमा स्याउखेती « Khabarhub

बाँझो जमिनको २० रोपनीमा स्याउखेती


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउखेती गरी आयआर्जनको बाटो पहिल्याएको  छ । 

गाउँपालिका–४ को गोर्दी, बहेली क्षेत्रका बाझो जमिनमा एक हजार ५०० जातका  विभिन्न स्याउका बिरुवा सात लाखको लगानीमा रोपी खेती गर्न थालेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले बताए । बिरुवाको देखदेख, गोडमेल र व्यवस्थापन सोही वडाले गर्ने गरी व्यवस्था मिलाएको छ ।  

समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको गोर्दी र तीन हजार ५०० मिटरको उचाइमा रहेको बहेलीमा स्याउ लगाएर हुर्किएपछि राम्रो उत्पादन हुने विश्वास गाँउपालिकाले गरेको छ । पालिकाले कार्यविधि बनाइ पहिलो चरणमा बाझो जमिनमा खेती गरेको हो । 

‘यो क्षेत्रमा स्याउखेती राम्रो हुने अपेक्षा लिएका छौँ, सुरुमा परीक्षणका लागि २० रोपनीमा पन्ध्र सय बिरुवा लगाएका छौँ, यसले उत्पादन दिन थालेपछि अन्य क्षेत्रमा पनि विस्तार गर्ने हाम्रो योजना छ’, अध्यक्ष बुढा मगरले भने, ‘यस क्षेत्रमा स्याउ उत्पादन हुन थाल्यो भने यहाँका नागरिक आयआर्जनसँग जोडिने छन्, भने पर्यटन प्रवर्द्धन पनि हुने अपेक्षा लिएका छौँ ।’ अध्यक्षले भने । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १२ : ४६ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई