पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा « Khabarhub

पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ ।  

खरेलको आइतबार राति उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । उनी दम रोगबाट पीडित थिए । 

यसैबीच दिवंगत खरेलको पार्थिक शरिरलाई सोमबार दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको थियो भने कांग्रेस सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढाएर सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गरेका थिए । 

साथै अन्य कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वर्गीय खरेललाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

वसं २००३ मा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिएका खरेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए। 

विसं २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट सांसद निर्वाचित भएका खरेलले शिक्षा मन्त्रालयको राज्यमन्त्री र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा समेत कार्यभार सम्हालिसकेका थिए  ।  उनका तीन छोरा र छोरी छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : ४६ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा