कतारको रास लाफानमा विस्फोट : १८ जना बेपत्ता, ५४ जना घाइते « Khabarhub

कतारको रास लाफानमा विस्फोट : १८ जना बेपत्ता, ५४ जना घाइते


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको रास लाफान औद्योगिक क्षेत्रमा प्राविधिक गडबडीका कारणले विस्फोट भएको हो । उक्त क्षेत्र कतारको प्राकृतिक ग्यास निर्यातको प्रमुख केन्द्रका रूपमा परिचित छ ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको र आपतकालीन उद्धार टोली परिचालन गरिएको जनाएको छ ।
यसअघि जारी अर्को विज्ञप्तिमा विस्फोटपछि सार्वजनिक सुरक्षामा असर पार्ने खालको कुनै ग्यास चुहावट वा अन्य जोखिम नदेखिएको उल्लेख गरिएको थियो ।

रास लाफान क्षेत्र हालैको युद्धका क्रममा इरानको निशानामा परेको थियो र त्यसपछि केही सातासम्म बन्द रहेको थियो । कतारी अधिकारीहरूका अनुसार बरजान ग्यास प्रशोधन केन्द्रमा पुनः सञ्चालनको प्रयास भइरहेका बेला उक्त विस्फोट भएको हो । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  २ : ३३ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा