सुन धितो कर्जाग्राहीको प्रदर्शन : राहत माग्दै बैंक घेराउ « Khabarhub

सुन धितो कर्जाग्राहीको प्रदर्शन : राहत माग्दै बैंक घेराउ


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएकाहरूले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् । 

जेन-जी आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएपछि अहिलेसम्म बैंकले कुनै राहत नदिएको भन्दै सुन धितो राखेर कर्जा लिएकाहरूले सोमबार सिंहदरबार प्लाजामा रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् । 

जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब १८ किलो सुन र सवा ५ करोड नगद लुटिएको थियो । 

ऋणको धितोका रूपमा राखिएको उक्त सुन हराएपछि क्षतिपूर्ति वा राहत दिनको साटो बैंक व्यवस्थापन पन्छिन खोजेको भन्दै आन्दोलन गर्नुपरेको सुन धितोकर्ता सरस्वती बस्नेतले बताइन् । 

सुन धितो राखेर कर्जा लिएकाहरूले कुल तौल बराबरको सुना फिर्ता गर्न माग गरेका छन् । प्रदर्शन गर्दै बैंक भित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो । 

प्रदर्शनकारीहरूले सरकारी बैंकलाई विश्वास गर्नु हाम्रो अपराध हो की के हो सरकार ? भन्दै प्रश्न गरेका छन् । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  २ : ३९ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा