इरानी सांसदको चेतावनी- स्ट्रेट अफ होर्मुजबारे अन्तिम निर्णय इरानकै हुनेछ « Khabarhub

इरानी सांसदको चेतावनी- स्ट्रेट अफ होर्मुजबारे अन्तिम निर्णय इरानकै हुनेछ


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानको संसदअन्तर्गत राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) सम्बन्धी अन्तिम निर्णय इरानले नै गर्ने बताएका छन्।

अमेरिकासँग जारी वार्ताका बीच सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले होर्मुज जलडमरूमध्य ईरानी सार्वभौमिकताको प्रतीक भएको उल्लेख गरेका हुन्। 

उनले अमेरिकालाई लक्षित गर्दै लेखेका छन्, ‘तिमीहरू धम्की देऊ, हामी कारबाही गर्छौँ। होर्मुज जलडमरूमध्य न त तिम्रो व्यक्तिगत क्यासिनो हो, न त आधुनिक समुद्री डाकुहरूको अड्डा।’

अजिजीले जलडमरूमध्यबारे अन्तिम निर्णय इरानी जनता र देशको सेनाले गर्ने स्पष्ट पारे। उनका अनुसार यो विषय इरानको राष्ट्रिय सार्वभौमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको छ।

यसअघि लेबनानमा बढ्दो तनाव र क्षेत्रीय अस्थिरतापछि इरानले होर्मुज जलडमरूमध्य बन्द गर्न सक्ने संकेत दिएको थियो। तर अमेरिकाले उक्त दाबीलाई अस्वीकार गर्दै जलमार्ग सञ्चालन सामान्य अवस्थामा रहेको जनाएको थियो।

विश्वको महत्वपूर्ण ऊर्जा व्यापार मार्गका रूपमा परिचित होर्मुज जलडमरूमध्यबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल र प्राकृतिक ग्यास ओसारपसार हुने भएकाले यस क्षेत्रको कुनै पनि तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  २ : ५७ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा