इरानी सांसदको चेतावनी- स्ट्रेट अफ होर्मुजबारे अन्तिम निर्णय इरानकै हुनेछ « Khabarhub

इरानी सांसदको चेतावनी- स्ट्रेट अफ होर्मुजबारे अन्तिम निर्णय इरानकै हुनेछ


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानको संसदअन्तर्गत राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) सम्बन्धी अन्तिम निर्णय इरानले नै गर्ने बताएका छन्।

अमेरिकासँग जारी वार्ताका बीच सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले होर्मुज जलडमरूमध्य ईरानी सार्वभौमिकताको प्रतीक भएको उल्लेख गरेका हुन्। 

उनले अमेरिकालाई लक्षित गर्दै लेखेका छन्, ‘तिमीहरू धम्की देऊ, हामी कारबाही गर्छौँ। होर्मुज जलडमरूमध्य न त तिम्रो व्यक्तिगत क्यासिनो हो, न त आधुनिक समुद्री डाकुहरूको अड्डा।’

अजिजीले जलडमरूमध्यबारे अन्तिम निर्णय इरानी जनता र देशको सेनाले गर्ने स्पष्ट पारे। उनका अनुसार यो विषय इरानको राष्ट्रिय सार्वभौमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको छ।

यसअघि लेबनानमा बढ्दो तनाव र क्षेत्रीय अस्थिरतापछि इरानले होर्मुज जलडमरूमध्य बन्द गर्न सक्ने संकेत दिएको थियो। तर अमेरिकाले उक्त दाबीलाई अस्वीकार गर्दै जलमार्ग सञ्चालन सामान्य अवस्थामा रहेको जनाएको थियो।

विश्वको महत्वपूर्ण ऊर्जा व्यापार मार्गका रूपमा परिचित होर्मुज जलडमरूमध्यबाट दैनिक ठूलो परिमाणमा कच्चा तेल र प्राकृतिक ग्यास ओसारपसार हुने भएकाले यस क्षेत्रको कुनै पनि तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  २ : ५७ बजे

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि