कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ « Khabarhub

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ  रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

त्यस्तै सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका ३६ वर्षीय डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यात्रु तानातान गर्ने र झोला खोस्ने जस्ता अमर्यादित कार्य गरिरहेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताए ।  
 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ३ : ३३ बजे

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य