पोखरामा ८ हजारभन्दा बढीले एकसाथ मनाए अन्तर्राष्ट्रिय योग दिवस « Khabarhub

पोखरामा ८ हजारभन्दा बढीले एकसाथ मनाए अन्तर्राष्ट्रिय योग दिवस


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपालस्थित भारतीय दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा रंगशालामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइएको छ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका प्रतिनिधि तथा कास्की जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू पनि उपस्थित थिए।

भारतीय दूतावासका अनुसार कार्यक्रममा ८ हजारभन्दा बढी योग साधक, प्रशिक्षक तथा योगप्रेमीहरूको सहभागिता रहेको थियो।

भारतीय दूतावास र पोखरा महानगरपालिकाले सन् २०२३ देखि संयुक्त रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएका छन्। पछिल्ला वर्षहरूमा यो कार्यक्रम पोखराको प्रमुख वार्षिक कार्यक्रमका रूपमा स्थापित हुँदै गएको दूतावासले जनाएको छ।

ठूलो संख्यामा भएको सहभागिताले योगप्रतिको आकर्षण बढ्दै गएको तथा स्वस्थ जीवनशैलीका लागि योगलाई अपनाउने प्रवृत्ति विस्तार भइरहेको संकेत गरेको आयोजकहरूको भनाइ छ। यसका साथै, यसले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस ‘स्वस्थ बुढ्यौलीका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको थियो।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : ३१ बजे

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ