एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ « Khabarhub

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहेका उनलाई पार्टीको चुनावी समीक्षा कार्यक्रममा सुर्खेत पुगेका बेला सोमबार पक्राउ गरिएको हो ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत परिसरमा राखिएको छ। प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।

पौडेल पक्राउ परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा पनि छापा मारेको स्रोतले जनाएको छ।

एमालेले चलाइरहेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन अभियान लिएर अर्का उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसहित उनी कर्णाली प्रदेशमा पुगेका थिए ।

उनलाई पक्राउ गरेपछि अब सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सुर्खेतबाट काठमाडौं ल्याउने तयारी गरिएको छ।

पौडेल यसअघि काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद प्रकरणमा पनि मुछिएका थिए ।

बालुवाटारस्थित ललिता निवासको चारआना सरकारी जग्गा विष्णुका छोरा नवीनले किनेका थिए । सरकारी जग्गा खरिद प्रकरणमा मुद्दा दायर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई उन्मुक्ति दिएको आरोप छ।

त्यसबेला अख्तियारले १ सय ७५ मध्ये ६५ जनाको जग्गा जफत गर्न प्रतिवादी बनाएको थियो । तर पौडेलले उक्त जग्गा पछि सरकारकै नाममा फिर्ता गरेका थिए ।

तरर, नेपालको मौजुदा कुनै पनि कानुनले व्यक्तिको नाममा भएको जग्गा सरकारलाई फिर्ता गर्ने सुविधा नदिएको कानुनविदहरूले बताएका थिए ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : १४ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका