कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते « Khabarhub

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा. १४ च ४८२० नम्बरको कारले विपरीत दिशातर्फ गइरहेका चार वटा मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनापछि घटनास्थलमा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो ।

दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पताल पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको उपचार भइरहेको छ। दुर्घटनामा संलग्न कार चालक विराटनगर स्थायी घर भई हाल सिनामंगल बस्दै आएका ४५ वर्षीय भीष्म श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ९ : २२ बजे

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा