पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार « Khabarhub

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ । गाइघाट मुर्कुची भएर लिम्चुङबुङ जाँदै गरेको बोलेरो जीपलाई रौतामाई–७ डुम्री–थुम्का खण्डमा सडकमाथिबाट खसेको पहिरोले पुरेपछि उक्त जीपमा सवार यात्रुको सकुशल उद्धार गरिएको हो ।

थुम्कामा निर्माणाधीन कच्ची सडकको माथिबाट खसेको पहिरोले प्रदेश १–००२ ख ४५३४ नम्बरको बोलेरो जीपलाई आज दिउँसो पुरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पहिरोले जीपको केही भाग पुरिएको जनाउँदै जीपमा सवार यात्रुलाई सकुशल बाहिर निकालिएको अस्थायी प्रहरी चौकी तनमका प्रहरी सहायक निरीक्षक तिलक पौडेलले जानकारी दिए ।

घटनास्थलमा प्रहरी सहायक निरीक्षक पौडेलेको नेतृत्वमा गएको टोलीले जीपलाई सडक निर्माण कम्पनीको स्काभेटर प्रयोग गरेर बाहिर निकालिएको हो । जीपमा सामान्य क्षति भएको छ भने कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी तनमको टोली घटनास्थल पुगेर निर्माण कम्पनीका जनशक्तिको सहयोगमा जीप र यात्रुको उद्धार गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी गणेश बमले बताए । सो सडकखण्ड निर्माण भइरहेकाले यात्राका क्रममा आवश्यक सर्तकता अपनाउन उनले सबैलाई अनुरोध गरे ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ९ : ३४ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको