हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित « Khabarhub

फिफा विश्वकप फुटबल–२०२६

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ । न्युयोर्कको न्युजर्सी रंगशालमामा आज बिहान भएको खेलमा सेनेगललाई ३–२ गोलले हराउँदै नर्वे अन्तिम ३२ मा प्रवेश गरेको हो ।

नर्वेका लागि मार्कस पेडरसनले एक तथा एर्लिङ हालान्डले दुई गोल गरेका थिए । यस्तै, सेनेगलका इस्माइला सारले दुई गोल फर्काएका थिए ।

खेलको ४३औँ मिनेटमा नर्वेका पेडरसनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ४८ औँ मिनेटमा हालान्डले गोल गर्दै टोलीलाई २–० गोलले अगाडि बढाए ।

त्यसपछि खेलको ५३ औँ मिनेटमा सेनेगलका स्माइलाले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए । यस्तै खेलको ५८औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ गोलको अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको इजुरी समयमा सेनेगलका स्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएका थिए ।

यो जितसँगै समूह ‘आई’ को नर्वे लगातार दुई जितसँगै ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । लगातार दुई खेल हारेको सेनेगल समूहचरणबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ७ : ५३ बजे

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि

रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो १ बजेदेखि, तयारीबिना डाकिएको भन्दै प्रतिनिधि आक्रोशित

काठमाडौँ– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  आजको

नेता माधव नेपालसँग नाम मिल्दाको संयोग र सकस !

पुरानो उखान छ, ‘बरु बदनाम होस् तर, गुमनाम नहोस्।’ वास्तवमा