अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित « Khabarhub

अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमान्चक खेलमा अल्जेरियाले जोर्डनविरुद्ध उत्कृष्ट जित निकालेको छ ।

खेलमा जोड्नविरुद्ध सानदार पुनरागमन गर्दै २–१ को जित नकिालेको हो । खेलको पहिलो हाफमा पिछडिएको अल्जेरियाले दोस्रो हाफमा सानदार पुनरागमन गरेको हो ।

खेलको ३६ औँ मिनेटमा जोर्डनका निजार अल रशदानले गोल गर्दै टोलीलाई सुरुवाती १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा जोर्डनले सोही अग्रता कायम राखे पनि दोस्रो हाफमा अल्जेरिया खेलमा फर्कियो ।

अल्जेरियाका लागि ६९ औँ मिनेटमा एन बेनबोआलीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८२ औँ मिनेटमा अमिन गोइरीले कर्नरबाट आएको बललाई पोस्टको दिशा दिँदै अल्जेरियालाई २–१ को महत्त्वपूर्ण जित दिलाएका छन् ।

यो जितसँगै अन्तिम ३२ मा अल्जेरियाको सम्भावना बाँकी छ । यो हारसँगै जोड्ने भने समूह चरणबाटै बाहिरिएको छ । यो समूहबाट अर्जेन्टिना ६ अंकसहित अघिल्लो चरण प्रवेश गरिसकेको छ भने अस्ट्रियाले दुई खेल खेल्दा एक हार र एक जित निकाल्दै तीन अंक जोडेको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १० : ४४ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा