महाधिवेशन प्रतिनिधिको नामै बेपत्ता, अन्याय भएको भन्दै हलभित्रै नाराबाजी « Khabarhub

महाधिवेशन प्रतिनिधिको नामै बेपत्ता, अन्याय भएको भन्दै हलभित्रै नाराबाजी


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर विवाद उत्पन्न भएको छ। महाधिवेशनस्थलमा पुगेका केही प्रतिनिधिहरूले आफ्नो नाम प्रतिनिधिको सूचीमा नभेटिएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिहरूले आफूहरूको सहभागिता सुनिश्चित नगरी महाधिवेशन प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै व्यवस्थापनप्रति गुनासो गरेका छन्। बन्दसत्र सुरु हुनुअघि केही प्रतिनिधिहरूले सार्वजनिक रूपमा आपत्ति जनाउँदै आफूहरूमाथि अन्याय भएको बताएका थिए।

‘हामी बालेनको फोटो टाँसेर हिडौँ कि रविको, कसैको टिममा परिएन के हो कारण ? यस्तो पनि महाधिवेशन हुन्छ।’ बन्द सत्र अगाडि उभिएर एक प्रतिनिधिले भनेका छन,’ हामीलाई अन्याय भयो ।’

एक प्रतिनिधिले आफ्नो नाम सूचीमा समावेश नभएको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे। उनले पार्टीले वैकल्पिक राजनीतिक शक्तिको दाबी गरिरहे पनि प्रतिनिधि व्यवस्थापनमा पुराना दलभन्दा कमजोर अभ्यास देखिएको टिप्पणी गरे।

नामावलीमा आफ्नो नाम नपरेको विषयमा अन्य केही प्रतिनिधिहरूले पनि समर्थन जनाउँदै समस्या समाधान गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

महाधिवेशनमा देखिएको उक्त विवादबारे पार्टी नेतृत्व वा निर्वाचन समितिले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। प्रतिनिधिहरूले नामावलीसम्बन्धी समस्या तत्काल समाधान गरी महाधिवेशनलाई सहमतिपूर्ण वातावरणमा अगाडि बढाउन माग गरेका छन्।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : ४२ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच