कस्तो छ रास्वपाको परराष्ट्र नीति ? « Khabarhub

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक मञ्चमा जीवन्त उपस्थिति’लाई आफ्नो परराष्ट्र नीतिको मूल आधार बनाउने भएको छ ।

रास्वपाको चितवनको भरतपुरमा चलिरहेको पहिलो महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेले मंगलबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

‘रास्वपाले परम्परागत शक्ति केन्द्रित कूटनीतिभन्दा ‘विकास कूटनीति’लाई परराष्ट्र नीतिको केन्द्रमा स्थापित गर्ने लक्ष्य राखेको छ,’ लामिछानेको प्रतिवेदनमा भनिएको छ ।

दुई छिमेकी भारत र चीनलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने उनले जनाएका छन् । रास्वपाले नेपाललाई प्रतिस्पर्धी प्रभाव क्षेत्रको निष्क्रिय मैदान नभई दक्षिण एसिया र हिमालय क्षेत्रलाई जोड्ने आर्थिक, सांस्कृतिक, व्यापारिक तथा मानवीय सम्पर्कको ‘जीवन्त पुल’का रूपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण राख्ने उनले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १० : ४० बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा