रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी « Khabarhub

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि खुला दलिततर्फबाट रमेश विश्वकर्माले उम्मेदवारी दिएका छन्। उनले पार्टीभित्र समावेशी नेतृत्वलाई सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनी रास्वपाको संस्थापक सदस्यसमेत हुन् ।

विश्वकर्माले आफू दलित समुदायको प्रतिनिधित्व गर्दै केन्द्रीय तहमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीको सिद्धान्तअनुसार समान अवसर, सामाजिक न्याय र समावेशी सहभागितालाई प्राथमिकता दिने उल्लेख गरेका छन्।

उम्मेदवार विश्वकर्माले केन्द्रीय सदस्यमा निर्वाचित भएमा दलित समुदायका मुद्दालाई नीतिगत तहमा उठाउने, संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने तथा पार्टीलाई थप सुदृढ बनाउन योगदान दिने बताएका छन्। साथै, उनले पार्टीका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूसँग अत्यधिक मतले विजयी गराउन अनुरोध गरेका छन्।

रास्वपाको आगामी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयन प्रक्रिया चलिरहेको अवस्थामा विभिन्न समूह र क्षेत्रबाट उम्मेदवारी घोषणा भइरहेका छन्। खुला दलिततर्फ विश्वकर्माको उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

उनी लामो समयदेखि सामाजिक सेवामा क्रियाशील छन् । साथै उनी पर्यटन व्यवसायीसमेत हुन् । उनले नेपालमा सर्वसुलभ मूल्यमा चाइनिज खानाको संस्कृति नेपालमै विकाससमेत गरिरहेका छन् ।

उनको पर्यटन विकासको योगदानको कदर गर्दै नेपाली तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरिसकेका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ११ : ४७ बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर