विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’ « Khabarhub

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी ३९ वर्षमा प्रवेश गरेका छन् । अर्जेन्टिनी फुटबल संघले सामाजिक सञ्जालमा ‘#SaludoAlbiceleste’ ह्यासट्याग प्रयोग गर्दै आफ्ना ऐतिहासिक कप्तानलाई जन्मदिनको शुभकामना दिएको छ ।

विश्वकप २०२६ को सरगर्मीका बीच अर्जेन्टिनी टोलीले मेसीको जन्मदिन मनाउँदै लेखेको छ, “लियोनेल मेसीलाई ३९ वर्षको हार्दिक शुभकामना: विश्व फुटबलको इतिहास बदल्ने मानिस । जन्मदिनको शुभकामना, कप्तान !”

सन् २०२२ मा कतार विश्वकपको उपाधि दिलाएर अर्जेन्टिनाको ३६ वर्ष लामो प्रतीक्षा समाप्त पारेका मेसी हाल अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा टोलीको नेतृत्व गरिरहेका छन् । उनको कप्तानीमा अर्जेन्टिनाले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरण (अन्तिम ३२) मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । आठ पटकका ब्यालोन डी’ओर विजेता मेस्सीको जन्मदिनको अवसरमा विश्वभरका लाखौं प्रशंसक र फुटबल जगतका हस्तीहरूले उनलाई शुभकामना दिइरहेका छन् ।

उनले यो विश्वकपका दुई खेलमा पाँच गोल गरिसकेका छन् । उनले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले विश्वकपमा १८ गोल गरेका छन्।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ११ : १८ बजे

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का