आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला « Khabarhub

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तानसेन– यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन् । स्थानीय सरकारको सहयोगमा उनीहरू प्रशिक्षणमा सहभागी भएका हुन् । 

विपन्न वर्ग तथा समुदायलाई लक्ष्य गरी स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेपछि उद्यम गरेर आत्मनिर्भर हुन उनीहरू प्रशिक्षणमा आकर्षित भएका हुन् ।

केही महिला सीप सिकेर स्वरोजगार बनेका छन् भने केही सीप सिकिरहेका छन् । तानसेन  नगरपालिका–५  कैलाशनगरकी मालती अधिकारीले भनिन्, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ, यसअघि स्वेटर, टोपी, मोजालगायत बुन्न सिकेको र अहिले वडा कार्यालयको सहयोगमा जुत्ता, चप्पल बनाउन सिकेको सीपले हाम्रो जीवनस्तर सुधार हुने ठानेकी छु ।’ उनले भनिन्, ‘सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा उक्सने आशा छ ।’

उद्यमी अधिकारीजस्तै यहाँका ३४ जना महिलाले जुत्ता, चप्पल बनाउन सिकेका छन् । सीप विकासमार्फत विपन्न समुदायका महिलालाई आत्मनिर्भर बनाउन तालिम  दिइएको वडाध्यक्ष रामबहादुर रावलले बताए । सीप र रोजगारलाई प्राथमिकता दिँदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्नेगरी वडाले काम गरिरहेको उनले बताए । 

उनले भने, ‘महिला र युवालाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउनका लागि हामीले सहजीकरण गर्दै आएका छौँ ।’ तालिमबाट महिला उद्यमी बन्ने र नगरभित्र आर्थिक चलायमान बढ्ने उनले विश्वास व्यक्त गरे । सानो पुँजीमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिला सजिलै आत्मनिर्भर बन्न सक्ने रावलको भनाइ छ ।

सधैँजसो मेलापात, चुलोचौका र घरधन्दामै दैनिकी बिताउँदै आभएका रामपुरका महिला पनि ४५ दिने होजियारी तालिमपछि गाउँमै स्वेटर, मोजा, टोपी र मफलर बुन्न सक्ने भएका छन् । रामपुर नगरपालिकाले होजियारी तालिम सञ्चालन गरेपछि सुइडा पनि नदेखेका महिलाले स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छन् । 

तालिममा सहभागी सीता रेग्मीले भनिन्, ‘हामीले सुइडा पनि देखेका थिएनौँ । पहिलो दिनमा त निकै अलमलिएका थियौँ । सीप सिक्ने इच्छाका साथ दैनिक प्रयास गरेपछि अब स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छौँ ।’

रामपुर नगरपालिकाले उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रमअन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाका लागि ४५ दिनको तालिम दिएपछि महिलाहरू स्वरोजगार बन्ने दिशामा लागेका हुन् ।

नगरप्रमुख रमणबहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए । कतिपय महिला तालिम लिएर व्यवसाय बजारको सुनिश्चितता पनि पालिकाले गर्ने उनले बताए ।
 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १२ : ४५ बजे

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड