महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम « Khabarhub

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

देवदह– महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं वडा कार्यालयले १० दिने अचार बनाउने तालिम सञ्चालन गरेको छ ।

वडामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीका लागि १० दिने निःशुल्क अचार बनाउने तालिम सञ्चालन गरिएको वडाध्यक्ष दामोदर शर्मा घिमिरेले जानकारी दिए । 

वडा कार्यालयको आयोजना तथा आधार तालिम सेन्टरको व्यवस्थापनमा भैरहवामा सञ्चालित तालिममा २७ जना महिलाको सहभागिता छ । महिलालाई आयआर्जन र उद्यमशीलतासँग जोड्न तालिम सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् ।

‘तालिम लिएर मात्र हुँदैन, यसको सदुपयोग गर्नुपर्छ, तालिम निःशुल्क भनिए पनि तपाईँहरूले सरकारलाई तिरेको करबाट सञ्चालन गरिएको हो’, उनले भनिन् । तालिममा पाएको प्रमाणपत्र घरमा मात्र राखेर यसको उपलब्धि नहुने भएकाले आर्थिक उपार्जनमा लाग्न उनले महिलाहरूलाई आग्रह गरिन्।

त्यस्तै आधार तालिम सेन्टरका प्रमुख अनिल केसीले केही सहयोग गर्नुपरे सहयोग गर्ने बताए । तालिममा सहभागी (प्रशिक्षार्थी) अनुपा पाण्डेले तालिममा प्रशिक्षकले राम्रोसँग ज्ञान दिएको बताइन् । 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : ३६ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा