३५ देशमा फेसबुकका ८२ कार्यालय | Khabarhub Khabarhub

३५ देशमा फेसबुकका ८२ कार्यालय


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सूचना प्रविधिको विकास,प्रबर्द्धन र नियमन गर्न तयार पारेको सूचना प्रविधिसम्बन्धी विधेयक संसदमा विचाराधीन छ । विधेयकमा साइबर अपराधलाई नियन्त्रणसँगै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने भन्दै केही प्रावधान राखिएका छन् ।

तर, त्यस्ता व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने विपक्षी दल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आशंका गरेका छन् । तर, यस्ता सामाजिक सञ्जाल अन्यदेशमा प्रक्रिया पूरा गरेर दर्ता भई राजश्व पनि तिरिहेका छन् । सामाजिक सञ्जाल फेसबुक ३५ देशमा दर्ता भएको छ । यसका ८२ कार्यालय छन् । त्यस्तै गुगल पनि ४० देशमा दर्ता भएको छ । विभिन्न ७८ सहरमा गुगलका कार्यालय छन् । अमेरिकामा गत वर्ष मात्र फेसबुकले सवा तीन अर्ब डलर राजस्व तिरेको छ ।

फेसबुक विज्ञापनमा विदेशमा १० देखि २५ प्रतिशतसम्म कर लाग्ने गर्दछ । जस्तै रुसमा २० प्रतिशत तोकिएको छ भने क्यानडामा १० प्रतिशत तोकिएको छ । त्यस्तै अस्ट्रेलियामा १० प्रतिशत लाग्छ भने, कोलम्बियामा १९ प्रतिशत तय गरिएको छ । भारतमा २० प्रतिशत र युरोपका देशहरुमा १७ देखि २५ प्रतिशत तोकिएको नयाँ पत्रिकामा खबर छ ।

स्थानीय तहका कैयौं पदाधिकारीको ध्यान सेवामा होइन, सुविधामा शीर्षकको समाचारमा जनताबाट उठाइएको कर जनप्रतिनिधिको खल्तीमा मात्र सीमित भएको, आम्दानीभन्दा सुविधामा बढी खर्च भएको, अनुगमनका नाममा जथाभावी खर्च गरिएको विषय समेटिएका छन् । त्यस्तै भवन अभावले वन मन्त्रालय तीन ठाउँमा सञ्चालनमा छ । तर, सहरी विकासमन्त्री मो. इस्तियाक राईले भने वनले अनावश्यक भवन ओगटेको आरोप लगाएका छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिडभाड हुने अड्डामा गुप्तचर खटाउने भएको छ ।

आजको सम्पादकीय ‘अधिकारीले दिएको सय रुपैयाँ’ शीर्षकमा लेखिएको छ । नेकपाका पुरानो पुस्ताका नेता तथा पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकलाई दिएको मासिक सय रुपैयाँको सामाजिक सुरक्षा भक्तालाई जनताले अत्यधिक रुचाएका छन् । आफ्नो गाउँ आफैं बनाउँ, वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रम अधिकारीकै चिन्तनको उपज हो । पहिलो पुस्ताका राजनीतिज्ञ तथा सफल अर्थमन्त्रीका रुपमा भरतमोहन नेपाली राजनीतिमा एउटा खाली ठाउँ छोडेर हामीसँग बिदा भएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ६ : ५६ बजे

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ- फ्लडलाइट र प्याराफिट धमाधम निर्माण हुँदैछ, हेर्न जानू

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो वाचाअनुसार त्रिवि क्रिकेट मैदानमा

गगन थापाले प्रधानमन्त्रीलाई भने- सामान्य प्रशासनमन्त्री गुप्तलाई बर्खास्त गर्नुस्

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण

मधेश सरकारको बजेट सर्वसम्मत पारित

जनकपुरधाम– मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले

घुस प्रकरणबारे मन्त्री अधिकारीको जवाफ- अरूले गरेको कुराकानी र लेनदेनमा मेरो संलग्नता छैन

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले