लुटपाटमा संलग्न रहेको अभियोगमा चारजना पक्राउ « Khabarhub

लुटपाटमा संलग्न रहेको अभियोगमा चारजना पक्राउ


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  लुटपाटमा संलग्न रहेको अभियोगमा चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं धापासी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका ४३ वर्षीय राम शरण दमाई, काठमाडौं टोखा नगरपालिका-१ बस्ने ३८ वर्षीय सविन खवास, काठमाडौं गौरीघाट बस्ने पर्सा ठोरी गाउँपालिका-४ घर भएकी ४३ वर्षीया लक्ष्मी गोले र काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-५ घर भएका ४६ वर्षीय शेर बहादुर मोक्तान रहेका छन् ।

शेर बहादुरको कोठामा पीडितलाई असार ९ गते ५/६ जना समूहमा आएका मानिसहरूले प्रहरी हौं भनि डर त्रास देखाई धाक धम्की दिई हतकडी लगाई १० लाख ९५ हजार रुपैयाँ, मोबाइल र बैंकको चेकहरू डाँका चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट नगद २ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : २१ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि