पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ « Khabarhub

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ती नागरिक विभिन्न समयमा नेपाल प्रवेश गरे पनि आवश्यक परिचय खुल्ने कागजात, पासपोर्ट तथा वैध बसाइ अनुमति नवीकरण नगरी राजधानीका विभिन्न स्थानमा बस्दै आएका थिए । केहीले पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपाल नछोडी बसोबास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ अन्तर्गत डल्लु, सितापाइला लगायतका क्षेत्रमा सञ्चालन भइरहेका कपडा उद्योग तथा कारखानामा छापा मार्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरू त्यहीँ काम गरिरहेको अवस्थामा फेला परेका थिए ।

प्रहरीले उनीहरूको बसाइ तथा नेपाल प्रवेशसम्बन्धी कागजातको अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका सबैलाई थप कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभाग, कालीकास्थान पठाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले विदेशी नागरिकको बसाइ र गतिविधिमाथि निगरानी बढाइएको बताउँदै अध्यागमनसम्बन्धी कानुन उल्लंघन गर्ने जो–कोहीमाथि कारबाही हुने स्पष्ट पारे ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ८ : ४१ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि