बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार « Khabarhub

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट चालकको उद्धार गरिएको छ ।

बेनी–जोमसोम सडकमा पर्ने महभिरमा साँझ ८ बजेको समयमा गुडिरहेको गाडी भिरबाट खसेको पहिरोले पुरिएका चालकको सुरक्षाकर्मीहरूको टोलीले उद्धार गरेर बेनी अस्पतालमा पठाएको हो ।

घटनास्थलमा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार पहिरोमा पुरिएकाले गाडीको नम्बर पहिचान भएको छैन ।

गाडीको चालक सिटमा रहेका ती व्यक्तिलाई अचेत अवस्थामा उद्धार गरिएको हो । उद्दार गरिएका व्यक्तिको पनि पहिचान नखुलेको प्रनाउ कार्कीले बताए ।

पहिरोका कारण बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, प्रनाउ कार्की, सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक विमल सिलवालसहित ४० जनाको टोली बेनीदेखि १८ किलोमिटर उत्तरमा पर्ने महभिर पुगेर उद्धार गरेको हो ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १० : ०३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र