ह्याट्रिक गर्न चुके ब्राजिलका भिनिसियस जुनियर « Khabarhub

ह्याट्रिक गर्न चुके ब्राजिलका भिनिसियस जुनियर

ब्राजिल विश्वकप समूह सी’ को विजेता


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार फरवार्ड भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल फिफा विश्वकप २०२६ को समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० को सोझो गोलअन्तरले पराजित गर्दै ब्राजिल समूहको शीर्ष स्थानमा रहन सफल भएको हो ।

दुई गोल गरेका भिनिसियस यस पटक विश्वकपमा ह्याट्रिक गर्ने ब्राजिलियन खेलाडीको सूचीमा नाम चढाउनबाट भने चुके, जसका लागि ब्राजिलियन समर्थकले थप केही समय पर्खनुपर्ने भएको छ । यद्यपि, जारी प्रतियोगितामा उनको गोल संख्या चार पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको दौडमा पाँच गोलसहित शीर्ष स्थानमा रहेका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीभन्दा मात्र एक गोलले पछि छन् ।

ब्राजिललाई विश्वकपको नकआउट चरणमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका रियल म्याड्रिडका स्टार फरवार्ड भिनिसियस जुनियर स्कटल्यान्डविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिए ।

खेलको सुरुवाती समयदेखि नै ब्राजिलको दबाबमा परेको स्कटल्यान्डले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । खेल अवधिभर पूर्ण रूपमा निरीह देखिएको स्कटल्यान्ड शून्यका विरुद्ध तीन गोलले स्तब्ध बन्यो ।

यो पराजयसँगै समूह चरणबाटै बाहिरिने खतरामा परेको स्कटल्यान्डको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना अब अन्य समूहका खेलको नतिजामा निर्भर रहनेछ । तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीहरूमध्ये पर्दै अघिल्लो चरण पुग्न स्कटल्यान्डले अब भाग्यको भरोसा गर्नुपर्नेछ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ६ : ०१ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा