दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा « Khabarhub

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ ।

एस्टाडियो मोन्टेरे स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा जित निकालेसँगै दक्षिण अफ्रिका समूहको उपविजेता बन्न सफल भयो ।

खेल सकिएलगत्तै दक्षिण अफ्रिकी खेलाडी र समर्थक मैदानमा निकै उत्साहका साथ खुसीयालीमा झुमेका थिए ।

यस समूहबाट मेक्सिकोले यसअघि नै लगातार जित निकाल्दै समूह विजेताका रूपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । अर्को खेलमा मेक्सिकोले मेक्सिको सिटी स्टेडियममा चेक गणतन्त्रको सामना गरेको थियो । मेक्सिको शीर्ष स्थानमा रहे पनि समूहको दोस्रो स्थान (उपविजेता) का लागि बाँकी टोलीबीच निकै प्रतिस्पर्धात्मक भिडन्त भएको थियो । यो खेलमा दक्षिण कोरियालाई पन्छाउँदै दक्षिण अफ्रिकाले बाजी मारेको हो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ९ : ०७ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा