बन्दुकसहित चार जना पक्राउ « Khabarhub

बन्दुकसहित चार जना पक्राउ


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी, सोही ठाउँका २३ वर्षीय राजु विक र ३२ वर्षीय कृष्णबहादुर चौधरी रहेका छन् ।

उनीहरुलाई गढवा गाउँपालिका–६ मानपुर भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । निजहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १३२ बमोजिम हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको पाण्डेले जानकारी दिनुभयो ।

यसैगरी एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने १८ वर्षीय मुकेश विकलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । बुधबार पाँच वर्षीया बालिकालाई घर नजिकको खोलामा लगी जबर्जस्ती करणी गरेको भन्ने अभियोगमा पक्राउ गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

निज विकलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहको दाङ प्रहरीले जानाएको छ । बालिका उपचारपछि हाल सामान्य अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  ५ : ११ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना