प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा « Khabarhub

प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा

समूह 'डी' बाट अस्ट्रेलिया र प्याराग्वे अन्तिम ३२ मा प्रवेश


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया जारी २०२६ फिफा विश्वकपको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ। क्यालिफोर्नियास्थित लेभिस स्टेडियममा बिहीबार भएको खेलमा प्राप्त १ अङ्कसँगै अस्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै अर्को चरणमा पुगेको हो ।

समूह चरणमा अस्ट्रेलियाले कुल ४ अङ्क जोड्यो। आफ्नो पहिलो खेलमा टर्कीलाई पराजित गरेको अस्ट्रेलिया दोस्रो खेलमा अमेरिकासँग पराजित भएको थियो। प्याराग्वेविरुद्धको निर्णायक खेलमा अस्ट्रेलियामाथि खासै ठुलो संकट नआए पनि टोलीले गोल भने गर्न सकेन। विश्वकप इतिहासमा अस्ट्रेलियाले सात पटक सहभागिता जनाएकामा समूह चरण पार गरेको यो तेस्रो पटक हो।

यता, अस्ट्रेलियासँगको यस बराबरीले प्याराग्वेको पनि नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। प्याराग्वे उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीका रूपमा अर्को चरणमा पुग्ने दौडमा छ।

यसै समूहको अर्को खेलमा टर्कीसँग ३–२ ले पराजित भए पनि अमेरिका यसअघि नै समूह ‘डी’ को शीर्ष स्थान सुरक्षित हुँदै अघिल्लो चरणमा पुगिसकेको छ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  १० : २२ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा